आप्रवासी श्रमिकहरुका समस्या र चासो बारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र

एम्नेस्टी इन्टरनेसनल नेपालको प्रतिनिधि मण्डलले बुधबार श्रम तथा रोजगार मन्त्री फमुल्लाह मन्सुरसँग भेट गरी नेपाली आप्रवासी श्रमिकहरुका समस्या र चासो बारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधि मण्डलले एम्नेस्टी इन्टरनेसनलले तयार पारेको अध्ययन प्रतिवेदन “मानिसलाई मुनाफामा परिणत गरिँदैः नेपाली आप्रवासी श्रमिकहरुको ज्यादतीयुक्त भर्ना, बेचविखन र जबरजस्ती” श्रम मन्त्री मन्सुरलाई हस्तान्तरण गरेको छ ।

बैठकमा एआइ नेपालका मण्डलले अहिले खाडी क्षेत्रमा भइरहेको असमझदारीका कारण कतारमा रहेका नेपाली श्रमिकहरुले भोगेका÷भोग्नुपर्नसक्ने समस्याप्रति माननीय मन्त्री मन्सुरलाई गम्भीर हुन आग्रह गरेको थियो ।

Topics