बलपूर्पक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस २०१७ मा दीप प्रज्वलन

सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट अनुमोदन गरिएको बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय {International Convention for the Protection of All Persons from Enforced Disappearance (ICPPED)} सन् २०१० मा कार्यान्वयनमा आएपछि संयुक्त राष्ट्रसङ्घले सन् २०११ देखि सो महासन्धी पारित भएको दिन अगस्ट ३० लाई बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस (International Day of the Victims of Enforced Disappearances) का रूपमा घोषणा गरेपछि बेपत्ता पारिएका व्यक्तिहरूको स्मरणमा संसारभरी विभिन्न कार्यक्रम र अभियानहरू गर्ने गरिएको छ ।

यसै सन्दर्भमा यस वर्षपनि बलपूर्पक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस अगस्ट ३० मा द्वन्दपीडित साझा चौतारी, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल, एड्भोकेसी फोरम नेपाल, इन्टरनेसनल कमिसन अफ जुरिष्ट, इन्टरनेसनल सेन्टर फर ट्रान्जिसनल जस्टिस्, इन्सेक लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कार्यरत मानवअधिकार संस्थाहरू र यस एम्नेस्टी इन्टरनेसल नेपालको संयुक्त आयोजनामा नेपालमा सशस्त्र द्वन्दका बेलामा बलपूर्वक बेपत्ता पारिएकाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरियो ।

Topics