पश्चिमी क्षेत्रीय कार्यशाला सम्पन्न

नेपाली आप्रवाशी श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्ने विषयमा पश्चिम जिल्लाका एम्नेस्टी इन्टरनेसनलका समूह, निर्माणाधीन समूह र युथ नेटवर्कहरुसँग बुटवलमा गरिएको दुई दिनको कार्यशाला असार ३०, २०७४ मा सफलतापूर्वक सम्पन्न भयो ।  साथै, सोही अवसरमा झूटो आरोपमा पक्राउमा रहेका एम्नेस्टी इन्टरनेसनल टर्कीका अध्यक्ष टेनर किलिक र निर्देशक इदिल एसरको तत्काल निशर्त रिहाईको माग गर्दै हस्ताक्षर संकलन उत्साहित सर्वसाधारणको साथमा आयोजना गरियो ।

एम्नेस्टी इन्टरनेसनल नेपालकोतर्फबाट अधक्ष राजन कुइकेल, निर्देशक निराजन थपलिया, र अभियान अफिसर अस्मिता सापकोटाले कार्यशालाको दौरानमा प्रशिक्षणमुलक प्रस्तुति गरेका थिए भने यसै कार्यशालामा एम्नेस्टी नेपालको आगामी’क्यारभ्यान’ अभियानबारे विस्तृत छलफल गरि तयारि भएको थियो ।

कार्याशालाको पहिलो दिन नै कार्यक्रमपछि सबै सहभागीहरु द्वारा संचालन गरिएको हस्ताक्षर संकलनमा सर्वसाधारणको उत्साहित सहभागिता रहेको र ५०० हस्ताक्षर संकलन भएको थियो ।  एम्नेस्टी इन्टरनेसनल टर्कीका अध्यक्ष टेनर किलिक र निर्देशक इदिल एसरको तत्काल निशर्त रिहाईको माग गर्दै आयोजना गरिएको हस्ताक्षर संकलन काठमाण्डौ र इटहरीमा गरिएकोपछिको यो तेस्रो हो ।  यसलाई थप निरन्तरता दिई संकलित हस्ताक्षर सबै टर्की सरकारलाई पठाइनेछ ।

Topics