Sunday, December 17, 2017
Headlines:

AI Nepal Activities

म्यान्मारमा रोहिंग्या समुदायमाथि भइरहेको जातिय सफायाको सैन्य प्रयास अविलम्ब रोक्न म्यान्मार दुतावासमा प्रदर्शन

गत अगस्ट महिनामा मात्र दुई हप्ता भन्दा कम अवधिमा ३,७०,००० रोहिंग्याहरू म्यान्मारबाट भाग्न बाध्य भएका छन् ।

एम्नेस्टी इन्टरनेसनलले समीक्षा गरेको पछिल्लो भूउपग्रहको तस्वीर अनुसार म्यान्मारमा अल्पङ्ंख्यक रोहिंग्याहरूको जातीय सफाया भइरहेकोे छ । गत अगस्ट महिनामा मात्र दुई हप्ता भन्दा कम अवधिमा ३,७०,००० रोहिंग्याहरू म्यान्मारबाट भाग्न बाध्य भएका छन् र सुरक्षाको आशमा बंगलादेशको कठिन यात्रा गरिरहेका छन् । रोहिंग्याविरुद्ध भैरहेको हिंसा र मानवअधिकार दुव्र्यवहारका सुनियोजित अभियानहरू अविलम्ब अन्त्य गर्न र रखाइन प्रान्तमा मानवीय सहायताकर्ताहरू, संयुक्त राष्ट्रसंघ, स्वतन्त्र पत्रकारहरू र मानवअधिकार अनुगमनकर्ताहरूलाई स्वतन्त्र र बिना बाधा पहुँच  दिन एम्नेस्टीले माग गर्दै आएको छ ।

नेपालमा पनि एम्नेस्टी इन्टरनेसनल नेपालले काठमाडौँस्थित म्यान्मार राजदूतावासमा रोहिंग्या विरुद्ध भइरहेको हिंसा र मानव अधिकार दुव्र्यवहार अविलम्ब अन्त्य गर्न चिट्ठी बुझाएको छ र अनलाइन पेटिशनहरू शुरू गरेको छ । तर समस्या अझै चुलिदै गएको छ र छिट्टै समाधान हुने जस्तो देखिदैन । यस कारण एम्नेस्टी नेपालले थप दबाब दिनका लागि असोज ४, २०७४ मा नेपालस्थित म्यान्मार दूतावास नजिक शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

 

Navigation

Youth Network

Youth Network

Blog

Blog Amnesty's global human rights blog

Newsletters

Abhiyan Samachar

Social Network

Facebook Follow us on Twitter

Subscribe Newsletter

Subscription form:

Campaign Materials Respect my rights Free Human Rights Course

Contact Us

Amnesty International Nepal
P.O. Box 135, Amnesty Marga
Basanta Nagar, Balaju
Kathmandu, Nepal
Telephone: (977-1) 4364706 / (977-1) 4365431
Fax at: (977-1) 4354987
Email: info@amnestynepal.org
website: www.amnestynepal.org


Location Map

Location Map