Thursday, September 21, 2017
Headlines:

AI Nepal Activities

पश्चिमी क्षेत्रीय कार्यशाला सम्पन्न

नेपाली आप्रवाशी श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्ने विषयमा पश्चिम जिल्लाका एम्नेस्टी इन्टरनेसनलका समूह, निर्माणाधीन समूह र युथ नेटवर्कहरुसँग बुटवलमा गरिएको दुई दिनको कार्यशाला असार ३०, २०७४ मा सफलतापूर्वक सम्पन्न भयो ।  साथै, सोही अवसरमा झूटो आरोपमा पक्राउमा रहेका एम्नेस्टी इन्टरनेसनल टर्कीका अध्यक्ष टेनर किलिक र निर्देशक इदिल एसरको तत्काल निशर्त रिहाईको माग गर्दै हस्ताक्षर संकलन उत्साहित सर्वसाधारणको साथमा आयोजना गरियो ।

एम्नेस्टी इन्टरनेसनल नेपालकोतर्फबाट अधक्ष राजन कुइकेल, निर्देशक निराजन थपलिया, र अभियान अफिसर अस्मिता सापकोटाले कार्यशालाको दौरानमा प्रशिक्षणमुलक प्रस्तुति गरेका थिए भने यसै कार्यशालामा एम्नेस्टी नेपालको आगामी'क्यारभ्यान' अभियानबारे विस्तृत छलफल गरि तयारि भएको थियो ।

कार्याशालाको पहिलो दिन नै कार्यक्रमपछि सबै सहभागीहरु द्वारा संचालन गरिएको हस्ताक्षर संकलनमा सर्वसाधारणको उत्साहित सहभागिता रहेको र ५०० हस्ताक्षर संकलन भएको थियो ।  एम्नेस्टी इन्टरनेसनल टर्कीका अध्यक्ष टेनर किलिक र निर्देशक इदिल एसरको तत्काल निशर्त रिहाईको माग गर्दै आयोजना गरिएको हस्ताक्षर संकलन काठमाण्डौ र इटहरीमा गरिएकोपछिको यो तेस्रो हो ।  यसलाई थप निरन्तरता दिई संकलित हस्ताक्षर सबै टर्की सरकारलाई पठाइनेछ ।

 

Navigation

Youth Network

Youth Network

Blog

Blog Amnesty's global human rights blog

Newsletters

Abhiyan Samachar

Social Network

Facebook Follow us on Twitter

Subscribe Newsletter

Subscription form:

Campaign Materials Respect my rights Free Human Rights Course

Contact Us

Amnesty International Nepal
P.O. Box 135, Amnesty Marga
Basanta Nagar, Balaju
Kathmandu, Nepal
Telephone: (977-1) 4364706 / (977-1) 4365431
Fax at: (977-1) 4354987
Email: info@amnestynepal.org
website: www.amnestynepal.org


Location Map

Location Map